Pura Samachar

मुख्यमन्त्रीले गरे पुलिस फाइरिङ रेन्जको निरीक्षण

प्रकाशित: पुस १२, २०८१

मुख्यमन्त्रीले गरे पुलिस फाइरिङ रेन्जको निरीक्षण

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो इम्प्फालको पाङै स्थित पुलिस फाइरिङ रेन्जको निरीक्षण गरेको समाचार छ ।
आधिकारिक सुत्रबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले गत दिन असममा पासिङ आउट भएर आएका १० र ११आईआरबी जवानहरुको लागि बनाइएको तत्कालीन निवासको पनि निरीक्षण गरेका छन ।
निरीक्षण समयमा उनले प्रेसलाई बताए कि कुनै पनि राज्यको विकासमा पुलिसले ठुलो भुमिका निभाएको हुन्छ किनभने आज हामी माथि आइ परेका विभिन्न पीर मर्कामा पुलिसले आफ्नो कर्तव्य निर्वहन गरेको छ ।
उनले अगाडि थपे कि भर्खरै नियुक्ति पाएर आएका जवानहरूलाई भने विशेष तालिम दिएर ठुलो जिम्मेवारी सुम्पिने छ ।
उनले अगाडि थपे कि हामीले नुने र सउमा अलगअलग आईआरबी को बटालियनहरु तैनात गरिनेछ जसले सीमावर्ती स्थानमा भने राम्रो रेखदेख गर्नेछ ।
उनले भने कि पुलिसका कतिपय योजनाहरुलाई सरकारले कार्यान्वयन गर्नेछ तर पर्खिनु पर्नेछ ।
यस अवसरमा राज्यको गृह विभागका अधिकारीहरुको बाक्लो उपस्तिथी थियो ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया