Pura Samachar

सरकारले मनायो सुशासन दिवस

प्रकाशित: पुस १३, २०८१

सरकारले मनायो सुशासन दिवस

 

कोहिमा /मणिपूर सरकारले राज्यको शासन व्यवस्थालाई चुस्त -दुरुस्त बनाउदै गाउँ सम्म पुर्याउने उद्देश्यले थालिएको सुशासन सप्ताहको अंतमा सुशासन दिवस मनाएको समाचार छ ।
प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन विरेनले भने कि सरकारले अब गाउँको सर्वागीण विकासको लागि काॠ गर्ने समय आएको छ ।
उनले अगाडि थपे कि सरकारी कर्मचारीले पनि गाउँको विकासमा हुने कतिपय कार्यहरु गर्नुपर्ने हुन्छ जसले गर्दा ग्रामीण विकास हुन सकोस ।
उनले अगाडि भने कि हामीले दूर दराजका गाउँको स्थितिलाई बुझेर पोलिसी बनाउनुपर्छ अनि कार्यान्वयन पनि गर्नुपर्ने हुन्छ ।
उनले अगाडि भने कि गाउँका कतिपय मानिसहरूलाई सरकार छ या छैन समेतको जानकारी नभएको भएर पनि सरकारी काम भने पूरा हुन सकेका छैनन।
उनले अगाडि थपे कि सरकार सक्दो प्रयास ग्रामीण स्तरमा सुधार ल्याउने प्रयासमा छ ।
यस अवसरमा सबै कर्मचारी लगायत विभागहरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस गत सप्ताहलाई सरकारले सुशासन सप्ताहको रूपमा शुरु गरेको थियो ।जुन ऐतिहासिक कदम हो ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया