Pura Samachar

आजको राशिफल

प्रकाशित: पुस १७, २०८१

आजको राशिफल

मेष

अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो

आज रोजगारमा राम्रो वृद्धि हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । नयाँ पहिरन प्राप्त हुनेछ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । लगानी लाभदायक रहने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । विवादबाट बच्नु होला ।

ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

खर्च बढ्नाले तनाव हुनेछ । कुनै व्यक्तिको उक्साहटमा नआउनु होला । पारिवारिक चिन्ता कायम रहने छ । काममा मन लाग्ने छैन । विवेकको प्रयोग गर्नु होला । साथीहरुबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह

रोकिएको धन फिर्ता गर्ने प्रयास सफल हुनेछ । लामो यात्रा हुनसक्छ । लाभ हुनेछ । नयाँ अनुवन्ध हुनसक्छ । रोजगारमा वृद्धि हुनेछ । रोकिएका कार्य पूर्ण हुनेछन् । प्रसन्नता रहने छ ।

कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो

आर्थिक उन्नतिको प्रयास सफल रहने छ । कुनै ठूलो कार्य गर्न पाउनु हुनेछ । व्यवसायबाट लाभ हुनेछ । कार्य पूर्ण हुनेछ । प्रसन्नता रहने छ । प्रतिष्ठा बढ्ने छ । भाग्यको साथ पाइने छ । आम्दानीमा वृद्धि हुनेछ ।

सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे

तीर्थ दर्शन हुनसक्छ । सत्संगको लाभ पाइने छ । राजकीय सहयोगबाट कार्य पूर्ण अथवा लाभदायक रहने छ । प्रसन्नता कायम रहने छ । शत्रुबाट बच्नु होला ।

कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

सवारी साधन, मशीनरी अथवा आगोको प्रयोगबाट हानिको आशंका छ, सावधान अपनाउनु होला । अरुको झगडामा हस्तक्षेप नगर्नु होला । आवश्यक वस्तु समयमा फेला नपर्दा दुःखी हुनु हुनेछ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते

शत्रुहरुले सताउन सक्ने छन् । राजकीय सहयोग प्राप्त हुनेछ । वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । व्यवसायबाट लाभ हुनेछ । जागिरमा प्रभाव बढ्ने छ । कुनै ठूलो कार्य गर्ने योजना बन्न सक्छ । कार्य सिद्धि हुनेछ । सुखका साधनमा खर्च हुनेछ । प्रसन्नता रहने छ ।

वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू

सम्पत्तिको ठूलो व्यवहारबाट लाभ मिल्न सक्छ । घर-जग्गाको कारोबार गर्नेहरुलाई सुनौलौ मौका सावित हुनसक्छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । रोजगारमा वृद्धिको योग छ । आम्दानीमा वृद्धि हुनेछ । धनका सम्बन्धमा साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ ।

धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

मेहनतको फल पूर्ण रुपले पाइने छैन । स्वास्थ्य बिगन सक्छ । बौद्धिक कार्य सफल रहने छ । कुनै प्रवुद्ध व्यक्तिको मार्गदर्शन पाउन सकिने छ । यात्रा मनोरञ्जक रहने छ । पारिवारिक मांगलिक कार्य हुनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी

व्यापारमा लेन९देन गर्दा सावधानी अपनाउनु होला । कुनै पनि अपरिचित व्यक्तिमा अन्धविश्वास नगर्नु होला । बाहिरी विवादलाई नबढाउनु होला । थकान तथा कमजोरी हुनेछ । कामान मन लाग्ने छैन ।

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा

मेहनत सफल रहने छ । बिग्रिएको काम बन्ने छ । कार्य सिद्धिबाट प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर पाइने छ । पार्टनरको सहयोग पाइने छ । समयको अनुकूलताको लाभ लिनु होला । धनार्जन हुनेछ ।

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आज पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । नया साथी बन्ने छन् । व्यापारमा राम् खबर पाइने छ । घरमा प्रसन्नता रहने छ । कार्यमा गति आउने छ । विवेकको प्रयोग गर्नु होला । लाभमा वृद्धि हुनेछ । सुख-शान्ति कायम रहने छ ।

प्रतिक्रिया