Pura Samachar

सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु

प्रकाशित: पुस १७, २०८१

सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु

काठमाडौं । सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ ।

मंगलबार राति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा यात्रुवाहक बसले किचेर ड्युटीमा रहेका इन्सपेक्टर विजयकुमार तुलाधरको मृत्यु भएको हो ।उक्त बस अनियन्त्रित भएर पल्टिएर किच्दा इन्सपेक्टर तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बसले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया