कोहिमा /मणिपूर राज्यका नव नियुक्त राज्यपाल श्री अजय कुमार भल्लाको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री एन विरेन पनि उपस्थित भएको समाचार छ ।
राजभवनबाट प्राप्त समाचार अनुसार नवनियुक्त राज्यपाललाई गुवाहाटी उच्च अदालतको कोहिमा बेञ्चको न्यायाधीशले उनीलाई पद र गोपनीयताको शपथ दिलाए ।
शपथ ग्रहण समारोह पश्चात राज्यपालले बताए कि मणिपूरको विकासमा समयको साथमा आफ्नो योगदान प्रदान गरिने छ ।
उनले अगाडि थपे कि मेरो सरकारले राज्यमा शान्ति स्थापनार्थ कार्य गर्नेछ ।
उनले अगाडि थपे कि सरकारको प्रयास शान्ति सौहार्द र विकसित राज्यको रूपमा स्थापित गर्नुपर्ने हुन्छ ।
समारोहमा मुख्यमन्त्री विरेनले भने कि राज्यको शान्ति स्थापनामा नवनियुक्त राज्यपालको भुमिका ठुलो रहनेछ ।जसको रूपमा हामी आगामी दिनहरूमा देख्न पाउने हो ।उनले नवनियुक्त राज्यपाललाई बधाई एवं शुभकामना पनि दिए ।
यस अवसरमा राज्यका सिविल एवं पुलिसका अधिकारीहरुको बाक्लो उपस्थिति थियोे ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड।
प्रतिक्रिया