Pura Samachar

मुख्यमन्त्रीले गरे गाङ ङाई महोत्सवमा सहभागिता

प्रकाशित: पुस २९, २०८१

मुख्यमन्त्रीले गरे गाङ ङाई महोत्सवमा सहभागिता

 

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो कबुई जातिहरुको महान पर्व गाङ ङाई महोत्सवमा मुख्य अतिथिको रूपमा सहभागिता गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए कि मणिपूर राज्य एउटा विभिन्न जाति पन्थ र परम्परा संग घुलमिल गरेको राज्य हो ।राज्यको विकासमा कबुई जातिको अहम् भुमिका रहेको पाइन्छ ।
उनले अगाडि थपे कि हामीले हाम्रो पर्व र परम्परालाई कदापि भुल्नु हुँदैन ।किनभने त्यसको माद्यम द्वारा नै हाम्रो पहिचान हुन्छ ।
उनले अगाडि भने कि सरकारले सदैव जनताको हितार्थ काॠ गरेको छ ।जसमा कुनै पनि बाहिरी तत्व द्वारा समन्वयमा विघटन ल्याउन खोजे परिणाम पनि नराम्रो हुन सक्छ।
उनले अगाडि थपे कि राज्यमा शान्ति स्थापनार्थ सबै जातिहरुको भुमिका र भागीदारी हुन अति आवश्यक छ ।
उनले अगाडि भने कि सरकारले विभिन्न योजना चलाएको छ ।जसले जनमानसमा लाभ अवश्य पनि हुनुपर्छ ।
यस अवसरमा राज्यका सिविल एवं सरकारी अधिकारीहरुको बाक्लो उपस्थिति थियो ।
–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड ।

प्रतिक्रिया