कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो आफ्नो केबिनेटको बैठक गर्दै लोकताक झिलको विषयमा गहन रूपमा छलफल गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार बैठकमा उनले बताए कि लोकताक झिल जो पूर्वोत्तर भारतको सबैभन्दा स्वच्छ पानीको झिलको रूपमा मानिन्छ ।यसलाई हामीले सफा र स्वच्छ राख्नको लागि नवीनतम तकनीक अप्नाउनुपर्ने भएको छ ।यसको लागि सरकारले नयाँ पहल गर्ने छ ।
उनले अगाडि भने कि यस एरियालाई पर्यटकीय रूपमा परिणत गर्न सके आउने भविष्यमा पनि धेरै भन्दा धेरै जनताले लाभ पाउने थिए ।
उनले अगाडि थपे कि सरकारले मत्स्य उद्योगलाई पनि ध्यानमा राखेर नयाँ पहल शुरु गर्दै छ ।जसले पनि अवश्य सकारात्मक परिणाम दिनेछ ।
उनले अगाडि भने कि लोकताकलाई एउटा विश्वस्तरमा पर्यटनयुक्त बनाउनको लागि पनि कदम चालेको छ ।जसले गर्दा हाम्रो एउटा अलग्गै पहिचान बनिने छ ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड।
प्रतिक्रिया