Pura Samachar

नेकपा एमालेको सचिवालय बैठक बस्दै

प्रकाशित: माघ ८, २०८१

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, ८ माघ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

 

आज दिउँसो ४ः०० बजे बैठक बस्ने भएको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

 

सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।

यसअघि दुइ पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले जनाइसकेका छन् । सम्भवतः उनलाई सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्न सक्छ ।

प्रतिक्रिया