Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: माघ ८, २०८१

सुनको मूल्य बढयाे

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ५८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया