कोहिमा /साहस क्रान्ति एक सोच नामको साहसिलो यात्रा गर्दै गत १५ अगस्त २०२४को नयाँ दिल्लीबाट प्रस्थान भएका राधागोविन्द कोहिमा आई पुगेको समाचार छ ।
प्राप्त समाचार अनुसार राधागोविन्दले बताए कि गत साल पन्द्र्ह अगस्त देखी स्वामी विवेकानन्दजीको संदेशलाई जन -जन सम्म पुर्याउने उद्देश्यले भारत भ्रमण यात्रा शुरु गरेको कुरा गरे ।
उनले आफ्नो सानो अनुभव साझा गर्दै भने कि भारत एउटा विभिन्न जाति पन्त र प्रान्तले भरिएको एउटा फुलबारी हो ।
उनले अगाडि भने कि हामीले जीवनमा विवेकानन्दजीको आदर्शलाई उतार्न सके जीवन साकार अवश्य हुनेछ ।
उनले बताए कि मिजोरममा मैले निकै लोहाको चना चबाउनु परेको थियो भने अरुणाचलमा पनि सोही किसिमको कुरा भयो ।
उनले अगाडि बताए कि मणिपुरको अवस्था राम्रो नभएको कारण म जान सकिन फेरि म असमको सिलचर हुँदै नागाल्याण्ड आएको कुरा भने ।
उनले अगाडि भने कि पेशाले आफू उकिल भएको र भारतको भ्रमण भने सर्वस्व आफ्नै खर्चबाट गरेको कुरा पनि उनले गरे ।
उनले अगाडि भने कि भारतका प्रत्येक व्यक्तिले स्वामी विवेकानन्दको आदर्शलाई जीवनमा ल्याउन सके भारत विश्वगुरुको सपना भने पुरा हुने कुरा पनि बताए ।
उनले अगाडि भने कि भारत भ्रमणको यो यात्रा भने आगामी १५अगस्त २०२५को दिन नयाँ दिल्लीमा समाप्त हुने छ तर त्यस भन्दा अघि महाकुम्भमा स्नान गर्ने पनि कार्यक्रम रहेको उनले बताए ।
स्मरण रहोस भारतवर्षमा भारत माताको दर्शन गर्न र जनतामाझ जागरण ल्याउन समय -समयमा महान व्यक्तित्वहरुको आगमन हुन्छ ।जसले एउटा इतिहास कोरेर जान्छ ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड।
प्रतिक्रिया