काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मधेश तथा कोशीको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ।
बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
तराईमा मन्द शीतलहर तथा हुस्सु र कुहिरोका कारण जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया