कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले पत्रकारहरुलाई जाडोको समयमा चलाउनको लागि त्रेक सुट वितरण गरेको समाचार छ ।
आधिकारिक सुत्रबाट प्राप्त समाचार अनुसार कार्यक्रममा बोल्दै उनले भने कि मणिपूर राज्यमा आज सामाजिक संजाल मा धेरै नै नराम्रो रूपमा प्रचारप्रसार भएकोले गर्दा हामीले सचेत हुनु आवश्यक छ ।
उनले अगाडि थपे आज फेसबुक ट्विटर इन्सटा लगायत सामाजिक संजाल कर्ताहरुले सक्दो सकारात्मक रूपमा प्रयोग गरिनुपर्ने भएको छ ।
उनले अगाडि थपे कि वास्तविक रूपमा मणिपूर त्यस्तो थिएन जुन आज गलत प्रचारप्रसारमा आएको छ ।यस कार्यलाई मीडीयाको मार्फत नै रोकथाम गर्न सकिनेछ ।
उनले अगाडि भने कि सरकारले गो टु विलेज ,गो टु हिल्स लगायत मियामगी नुमित जस्ता कार्यक्रम ल्याएको छ ।जसले ग्रामीण स्तरमा धेरै नै प्रभावित पार्नेछ ।
स्मरण रहोस मणिपूरमा पहिलोपटक सरकारले पत्रकारहरुलाई सानो सहयोग गरेको छ ।जुन ऐतिहासिक पहल हो ।
–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड।
प्रतिक्रिया