Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: माघ १४, २०८१

सुनको मूल्य घटयाे

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ६० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १८ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया