काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले कोशीका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
राति, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
प्रतिक्रिया