Pura Samachar

उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चियाे,१४ जनाको मृत्यु

प्रकाशित: माघ १६, २०८१

उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चियाे,१४ जनाको मृत्यु

एजेन्सी । भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएको छ ।

स्थानीय समय अनुसार मंगलबार राति करिब १ः३० बजे त्यहाँ भागदौड मच्चिएको हो । भागदौडमा १४ जनाको मृत्यु भएको छ । तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन ।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन् । घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन् ।

संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ । ।

प्रतिक्रिया