Pura Samachar

भारतको मुज्फरमा भएको दुर्घटनामा महाकुम्भ मेलाबाट फर्केका ५ नेपालीको मृत्यु

प्रकाशित: माघ १९, २०८१

भारतको मुज्फरमा भएको दुर्घटनामा महाकुम्भ मेलाबाट फर्केका ५ नेपालीको मृत्यु

काठमाडौं । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको छ ।

शनिबार भारतको मुज्फरमा भएको दुर्घटनामा  ५ नेपालीको मृत्यु भएको र ४ जना घाइते भएको  भारतीय संचारमाध्यमहरूले बताएका छन्।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै घाइते हुनेमा सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर रहेको बताइएको । उनीहरु सबै जनकपुरका भएको बताइएको छ ।

प्रतिक्रिया