Pura Samachar

हाइड्रो शिव मन्दिरमा सरसफाइको खबर

प्रकाशित: माघ २०, २०८१

हाइड्रो शिव मन्दिरमा सरसफाइको खबर

 

कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा जिल्ला अन्तर्गत जुब्जा गाउँमा स्थित हाइड्रो शिव मन्दिरमा आज युवाहरु द्वारा सरसफाइ गरेको समाचार छ ।
मन्दिर सुत्रबाट प्राप्त समाचार अनुसार आज आइतबारको दिन पारेर केही युवाहरुले मन्दिरको
छत लगायत चारैतिर सरसफाइ गरेका छन ।
सरसफाइ गर्दै गरेका एकजना युवाले बताए कि हामीहरू कुनै संस्थाबाट होइन न कुनै समितिबाट हो ।हामीले आफ्नो स्वइच्छाले मन्दिरको सेवा गरेको हो ।
उनले अगाडि भने कि हामीले आफ्नो युवावर्गलाई प्रेरणा दिनको लागि पनि सेवाका कार्यहरू गर्नु आवश्यक पर्दछ ।
उनले अगाडि थपे कि त्यसै त हाइड्रो शिव मन्दिर कोहिमा शहर देखि निकै दूर रहेकोले गर्दा आउन पाइदैन ।त्यसले पनि सेवा गर्ने प्रेरणा जाग्दछ ।
स्मरण रहोस हाइड्रो शिव मन्दिर कोहिमाको पुरानो शिव मन्दिर हो ।जहाँ भक्तहरुको हरेक मनोकामना पूर्ण हुनेगर्छ ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड।

प्रतिक्रिया