कोहिमा /वरिष्ठ नागरिक मंच मणिपूर राज्य शाखाको तत्वावधानमा हिजो अनलाइन काव्य गोष्ठी सम्पन्न भएको समाचार छ ।
प्राप्त समाचार अनुसार कार्यक्रममा मुख्य अतिथिको रूपमा श्रीमती हेमा चौहान अध्यक्ष वनकाम हरियाणा शाखा रहेकी थिइन भने डा प्रियोवति देवी उपाध्यक्ष वनकाम मणिपूर शाखाकी अध्यक्षता गरेकी थिइन भने श्री मुक्ति गौतम वरिष्ठ साहित्यकार एवं आद्यात्मिक लेखक विशिस्ट अतिथिको रूपमा मंचासिन हुनुहुन्थ्यो ।
कार्यक्रमको शुभारम्भ अनुस्का लाम्गादेको सुमधुर कन्ठ द्वारा प्रस्तुत सरस्वती वन्दनाबाट भएको थियो ।त्यस पश्चात राज्य ईकाइकी उपाध्यक्ष डा प्रियोवतिजीको स्वीकृति पछी कार्यक्रमको आरम्भ भएको थियोे ।
कार्यक्रमको औपचारिकता पश्चात काव्य गोष्ठीको आरम्भ भयो जसमा शौरभ सुवेदी,विशाल केसी सुमित प्रधान ,सीता देवी छेत्री ,केशव विश्वकर्मा मुक्ति गौतम ,प्रियोवति देवी रोशन दियाली सहित हेमा चौहानले आफ्नो -आफ्नो कविता वाचन गरेका थिए ।
समारोहमा मुख्य अतिथिको आसनबाट बोल्दै वरिष्ठ साहित्यकार श्रीमति हेमा चौहानले भनिन कि आजको समयमा मानवीय सम्वेदना हराएको छ ।यस अवस्थामा काव्यले ठुलो भुमिका निभाएको हुन्छ ।कविताले मानवीय अनन्त सम्मको गहिराईलाई समेटन सक्छ ।
विशिस्ट अतिथिको आसनबाट बोल्दै श्री मुक्ति गौतमजीले आफ्नो वक्तव्यमा बताए कि साहित्यले सन्सारलाई एक सुत्रमा जोडने काम गरेको छ ।आजको युगमा मानवीय सम्वेदना बुझ्न सक्ने मान्छेको कमी छ जसलाई केवल काव्यको माद्यमबाट नै बुझ्न सकिन्छ ।
उपाध्यक्ष डा प्रियोवतिले भनिन कि साहित्यको माद्यमले नै मान्छेको मन जित्न सफल हुन्छ ।जसमा काव्यले अहम भुमिका खेलेको हुन्छ ।
कार्यक्रमको सफल संचालन राज्य शाखा सचिव रोशन दियालीले गरेका थिए भने धन्यवाद ज्ञापन शाखा अध्यक्ष सुमित प्रधानले गरेका थिए ।
डा हरिमोहन पोखरेल
प्रतिक्रिया