काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा तथा हिमपातका कारण दैनिक जीवनमा असर पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल तीन प्रदेशको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको हो ।
प्रतिक्रिया