Pura Samachar

मणिपूर विश्वविद्यालय परिसरमा स्विमिङ पूलको आधार्शिला

प्रकाशित: माघ २३, २०८१

मणिपूर विश्वविद्यालय परिसरमा स्विमिङ पूलको आधार्शिला

 

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो मणिपूर विश्वविद्यालय अन्तर्गत स्विमिङ पूल एवं ३३/११केवीको पावर स्टेशनको पनि आधार्शिला राखेको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले बताए कि शिक्षाका संस्थाहरु हाम्रो लागि आधारभूत कुरा हो ।
उनले अगाडि भने कि आज शिक्षा नरहेको समाज भनेको मानव रहित समाज जस्तो हो ।
उनले अगाडि भने कि मणिपूर विश्वविद्यालय परिसरमा शिक्षाको साथ -साथै शारीरिक विकासका लागि स्विमिङ पूल पनि आवश्यक देखिन्छ किनभने आज शिक्षा संग खेल पनि जोडिएको पाइन्छ ।
उनले अगाडि थपे कि राज्यको स्थिति भने राम्रो छैन फेरि पनि सरकारले सक्दो पहल गर्दै आएको छ ।
यस अवसरमा राज्यका सिविल एवं पुलिसका विभिन्न अधिकारीहरुको बाक्लो उपस्थिति थियो ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड।

प्रतिक्रिया