Pura Samachar

मुख्यमन्त्रीको योङ मणिपुरी काउन्सिल असम संग भेटघाट

प्रकाशित: माघ २५, २०८१

मुख्यमन्त्रीको योङ मणिपुरी काउन्सिल असम संग भेटघाट

 

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले योङ
मणिपूरी काउन्सिल असमका प्रतिनिधिहरु संग भेटघाट गरेको समाचार छ ।
एउटा विशेष सुत्रबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले असममा बसोबासो गर्दै आएका मणिपुरी जातिको विकास र उत्थानको लागि विभिन्न प्रकारको पहल गर्ने कुरा पनि छ ।
सुत्रले अगाडि जनाए अनुसार राज्य सरकारले असम सरकारको सहयोगमा विभिन्न प्रकारले मद्दत गर्ने पनि ठहर रहेको कुरा जान्नमा आएको छ ।
सुत्रबाट अगाडि जानकारी पाए अनुसार मणिपूर र असम बीचको पारम्परिक मैत्रीपूर्ण सम्बन्ध रहेको साथै संस्कृतिक विरासत भने अझै गहन बनाउने कुरामा पनि पहल भएको खबर छ ।
यस अवसरमा काउन्सिलका प्रतिनिधिहरुले मुख्यमन्त्रीलाई सम्वर्धना पनि जनाएको छ ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड

प्रतिक्रिया