धरान । २५औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्चब्वाइज युनाइटेड क्लब काठमाडौंबीच आज (शनिबार) प्रतिस्पर्धा हुनेभएको छ । एनआरटी तेस्रोपटक उपाधि नजिक पुगेको हो भने चर्चब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलोपटक फाइनल स्थान सुरक्षित गरेको हो ।
एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसी भारतलाई पराजित गरेको थियो । चर्चब्वाइजले भने चारपटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो । धरान रंगशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया