कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले डीजीएआर मेन एवं वुमेन पोलो खेल समारोहको समापन समारोहमा सहभागिता लिएको समाचार छ ।
समापन समारोहमा मुख्य अतिथिको रूपमा बोल्दै उनले भने कि मणिपूरको पोलो खेल विश्व प्रसिद्ध खेलको रूपमा मानिन्छ ।आज संसारले पोलो भने पछी मणिपूरको रूपमा चिन्ने र जान्ने गरेको छ ।
उनले अगाडि भने कि डीजीएआरको तर्फबाट आयोजना गरेकोमा उनीहरू पनि विशेष धन्यवादका पात्रको रूपमा मान्न सकिन्छ अनि धन्यवाद दिनुपर्ने हुन्छ ।
उनले अगाडि थपे कि सरकारले पोलो र पोनीको विकास र सम्वर्धन र उन्नतिको लागि पहल गर्दै आएको छ ।
उनले अगाडि थपे कि मणिपुरी पोनीको नस्ल बढाउने कार्यमा पनि सरकारले काॠ गर्दै आएको छ ।
उनले अगाडि थपे कि सरकारले आगामी वर्षबाट ईन्डिजिनस पोलोको रूपमा विकसित गर्नकै लागि मुख्यमन्त्री कप पोलो चेम्पियन्सिप शुरु गर्ने पहल गरेको छ ।जसले पोलो खेलमा धेरै नै सहयोग हुनेछ ।
स्मरण रहोस मणिपूरमा सदीयौंदेखि पोलो खेलिन्दै आएको इतिहास छ ।जुन घोडामा सवार भएर खेलिने गरिन्छ ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड
प्रतिक्रिया