कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा जिल्ला अन्तर्गत हाइड्रो शिव मन्दिरमा आगामी २६ तारीख बुधबारको दिन भब्य रूपमा महाशिवरात्रि समारोह सम्पन्न हुने समाचार प्राप्त भएको छ ।
मन्दिर सुत्रबाट प्राप्त समाचार अनुसार आगामी छब्बीस फरवरी बुधबारको दिन बिहान ७:३० बजे रुद्राभिसेक पुजन आरम्भ हुनेछ भने महाआरती एवं श्रृङ्गार पुजन भने साझ चार बजे महाभन्दारा एवं शिव विवाहोत्सव साझ पाँच र छह बजे गरिनेछ ।
मन्दिर सुत्रबाट प्राप्त अर्को थप जानकारी अनुसार हाईस्कुल ,हिन्दु मन्दिर,मोहनखोला ,बीओसी,टीसीपी गेटका भक्तजनहरुको लागि भने आउने -जाने एवं दर्शनार्थ बसको व्यवस्था गरिने कुरा रहेको पनि बताएको छ ।
स्मरण रहोस कोहिमाको हाइड्रो शिव मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रि पुजनको कार्यक्रम गरिने गरिन्छ भने यस वर्ष भने महाशिवरात्रि राति मनाउने कुरा आएको छ ।जो एउटा अलग्गै रूपमा मान्न सकिन्छ ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड
प्रतिक्रिया