Pura Samachar

नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा राराको‌ उपाधि

प्रकाशित: फाल्गुन ३, २०८१

नेपाल पुलिस क्लबलाई  ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४ औं आहा राराको‌ उपाधि

पोखरा  । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिबार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा राराको‌ उपाधि जितेको हो ।

आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको‌ छ । यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो । पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाचौँ पटक उपविजेतामा सिमित बनेको हो ।

यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्ड कप गरि ३ प्रतियोगितामा लगातार पहिलो खेलबाटै बाहिरिएको पुलिस आहा राराको भने ३ खेल जित्दै फाइनल पुगेको थियो ।

प्रतिक्रिया