काठमाडौं । स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आज १ हजारले घटेर तोलाको १ लाख ७० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ९० मा किनबेच भैरहेको छ ।
आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया