Pura Samachar

नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दै

प्रकाशित: फाल्गुन ११, २०८१

नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दै

काठमाडौ– इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ।

हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन्। त्यसकारण यस खेल फाइनलअघिको वार्म-अप सरह हुनेछ।

 

म्यानमारले लेबनानलाई ३-१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १-० गोलअन्तरले हराएको थियो।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन्।

आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ।

प्रतिक्रिया