काठमाडौं : आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह बी को खेलमा अफगानिस्तानले इङल्याण्डलाई ८ रनले पराजित गरको छ।
बुधबार अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछाएको इङल्याण्डले ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै ३१७ रन मात्र बनाए पछि खेल अफगानिस्तानले ८ रनले जितेको थियो।
इङल्याण्डका लागि जो रुटले सर्बाधिक १२० रन बनाएका थिए भने बेन डकेट र कप्तान जोस बटलरले ३८–३८ रन बनाएका थिए। त्यस्तै जामी ओभरटनले ३२ रन बनाएका थिए।
अफगानिस्तानका ब्व्ल्र अजमतुल्लाह ओमारजाईले सर्बाधिक ५ विकेट लिए भने मोहमद नविले २ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदै ३२५ रन बनाएको थियो।
अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्बाधिक १७७ रन बनाएका थिए। जर्दानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए।
अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०–४० रन बनाए।
इङल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिए।
हारसँगै इङल्याण्ड लगातार दुई खेलमा हार बेहोरेर च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ।
अफगानिस्तानले २ खेलमा २ अंक हासिल गरेको छ भने सेमिफाइनलको सम्भावना कायम राखेको छ।
प्रतिक्रिया