Pura Samachar

च्याम्पियन्स ट्रफीमा आज इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दै

प्रकाशित: फाल्गुन १७, २०८१

च्याम्पियन्स ट्रफीमा आज  इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ।

दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।
पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ।

दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना कायमै रहनेछ।

अफगानिस्तान र दक्षिण अफ्रिका दुवैसँग समान ३ अंक रहेको छ। तर उच्च रन रेटको आधारमा दक्षिण अफ्रिकलाई फाइदा हुनेछ। यदि आजको खेल भएन भने पनि दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्नेछ।

सेमिफाइनलमा पुग्ने होडमा दक्षिण अफ्रिका मजबुत स्थितिमा छ। अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल वास आउट भएको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १ सय ७ रनले हराएको थियो।

सो जितले दक्षिण अफ्रकिकाको पछिल्लो ६ एकदिवसीय खेलमा लगातार हार्ने क्रमलाई तोडेको थियो। गत अक्टोबरदेखि उनीहरूले लगातार ६ एकदिवसीय खेल गुमाएका थिए।

अफगानिस्तानले इङ्ल्याण्डलाई हराएको थियो। अष्ट्रेलिया विरुद्धको खेल वास आउट भएकोले अफगानिस्तानको झिनो संभावना कायमै रहेको हो।
अष्ट्रेलिया र अफगानिस्तानविरुद्ध लगातार पराजित हुँदै इङ्ल्याण्ड भने एक खेल अगाडि नै समुह चरणबाट बाहिरिएको हो।

यसैबीच कप्तान जोस बटलरले सेतो बल क्रिकेटको कप्तानीबाट राजीनामा समेत दिएका छन्। इङ्ल्याण्ड कम्तीमा जितबाट प्रतियोगिताको अन्त्य गर्ने दाउमा रहनेछ।

यो समुहबाट अष्ट्रेलिया ४ अंक सहित सेमिफाइनलमा पुगिसकेको छ। दक्षिण अफ्रिका र अफगानिस्तानसँग समान ३ अंक रहेको छ। इङ्गल्याण्डले अंकको खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया