Pura Samachar

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्दै

प्रकाशित: फाल्गुन १८, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक  बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ ।

ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

 

बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुनेछ । साथै पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ-आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्य रहेको छ ।

बैठक तीन दिन सम्म चल्नेछ ।

प्रतिक्रिया