कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा शहरमा गत केही दिन देखि हावा -हुँडरी निरन्तर रूपमा बढी भएको कारणले गर्दा धेरै मानिसहरुले विभिन्न प्रकारको दु:ख पाई रहेको समाचार छ ।
प्राप्त समाचार अनुसार गत केही दिन अघिबाट हावा -हुण्डरीले गर्दा बिजुली-बती समेत नभएकोले गर्दा अझै धेरै समस्या भएको कुरा एकजना गौपालकले बताएका छन ।
उनी भन्छन कि धेरै दिन देखि हावा चलेकोले घरमा साथै घास काटनमा समेत बिध्न बाधा आएको कुरा पनि उनले गरेका छन।
अर्को एकजना विद्यार्थीले बताए कि हावा -हुण्डरीले गर्दा लाइट नभएर पढन नपाएर धेरै नराम्रो लागेको छ ।
मौसम विभागबाट प्राप्त जानकारी अनुसार आगामी केही दिन भने हावाको प्रकोप भने यस्तो नै रहनेछ ।
विभागले अगाडि जनाए अनुसार यो समयमा नानीहरूलाई विशेष ख्याल राख्नुपर्ने छ साथै आगोबाट भने धेरै जोगिनु पर्नेछ ।
विभागले अगाडि जनाए अनुसार आगामी केही दिन सम्म आम जनताले भने धैर्य धारण गरेर बस्नुपर्ने छ भने मौसममा बदलाव भने आउने भविष्यमा देखा पर्ने नै छ ।
–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड
प्रतिक्रिया