Pura Samachar

मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल

प्रकाशित: फाल्गुन १९, २०८१

मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल

काठमाडौं ।सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ।

आर्मीले यो वर्ष खेलेको चौथो प्रतियोगिता पहिलो फाइनल खेल्दैछ भने मच्छिन्द्र यो वर्ष चौथो फाइनल खेल्दैछ । इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र गत साता बागमती गोल्डकपको फाइनल खेलेको थियो।

गत वर्ष पहिलो पटक आहा रारा पोखरा गोल्डकप जितेको आर्मीले यो वर्ष चौथो प्रतियोगिता खेलिरहेको छ ।लमजुङको त्रिवेणी कप, आहा गोल्डकप र बागमती गोल्डकपमा सहभागी भएर केपी ओली कप खेलेको हो ।आर्मीले यसको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २-० ले र सेमिफाइनललाई संकटालाई २-१ ले हराएको थियो।

मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड १-० ले सेमिफाइनलमा आयोजक केपी ओली एफसी ४-० लाई हराएको थियो।

फाइनलको मुख्य अतिथि इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन आइतवार नेपाल आइसकेका छन्।

प्रतिक्रिया