कोहिमा /नागाल्याण्ड विधानसभाको बजेट सत्र हिजोबाट आरम्भ भएको खबर छ ।
आधिकारिक सुत्रबाट प्राप्त समाचार अनुसार सत्रको उद्घाटन भने राज्यका महामहिम राज्यपाल ला गणेशनको अविवक्ताबाट शुरु गरिएको समाचार छ ।
उद्घाटन सत्रमा बोल्दै राज्यका राज्यपालले भने कि नागाल्याण्ड राज्य त्यसै पनि प्राकृतिक सौन्दर्यले भरिएको छ ।जसको तुलना अन्यत्रबाट गर्न सकिन्न ।
उनले विधान सभामा भने कि मेरो सरकारले राज्यलाई सही र सुचारु रूपले कानुन व्यवस्था बनाएर राखेको छ ।
उनले अगाडि थपे कि सरकारले सक्दो प्रयास भने गरिरहेको छ ।जसमा कोहिबेला नपुगेको पनि हुन सक्छ।त्यसमा आम जनताले सहयोग गरिनुपर्छ ।
नागा शान्ति वार्ताको कुरा गर्दै राज्यपाल ला गणेशनले भने कि सरकारले आगामी दिनहरुमा नागा शान्ति वार्ता नगरेर स्थाई समाधान तर्फ पाइला चाल्ने भएको छ ।जसको परिणाम भने हामीले अवश्य पनि देख्न पाइने छ ।
उनले अगाडि थपे कि निकट भविष्यमा देशमा प्रगति उन्नति र विकास गर्ने हो ।जसको सीधै फाइदा भने जनतालाई हुनेछ ।
उनले अगाडि भने कि केन्द्र सरकारले चलाएको सबै विकासमुलक योजनाको फाइदा आम जनताले पाइ रहेका छन ।
उनले भने कि हामीले अब उन्नति गर्ने समय हो ।आज कुनै पनि देशमा शान्ति र उन्नति बाहेक अरु चीजहरु खोजेको छैन ।हामीले सबैथोक बिर्सीएर विकास को सिको सिक्नुपर्ने र प्रेरणादायी बनिनु पर्नेछ ।त्यो कुरामा पहल गर्न सके राज्यको उज्ज्वल भविष्य देख्न सकिने कामना गरिन्छ ।
विधान सभाको उद्घाटन सत्रमा सिविल पुलिस र जिल्लापालहरुको बाक्लो उपस्थिति रहेको थियो ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड
प्रतिक्रिया