काठमाडौं, फागुन २१ – आज साँझ ६:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। यस बैठकमा विभिन्न महत्त्वपूर्ण एजेण्डाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि बैठकको एजेण्डा भने सार्वजनिक भएको छैन, तर स्रोतका अनुसार रिक्त ३ सचिव पदमा नियुक्ति बैठकबाट हुन सक्ने अनुमान गरिएको छ।
वर्तमानमा स्वास्थ्यलगायत विभिन्न मन्त्रालयहरूमा तीन सचिव पद रिक्त छन्, जसका कारण प्रशासनिक कामकाजमा केही अवरोध सिर्जना भएको छ। यस बैठकमा ती रिक्त सिव पदहरूको लागि नयाँ सचिवको नियुक्ति प्रक्रिया अगाडि बढाइने संभावना रहेको बताइन्छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने यस बैठकमा आगामी सरकारी नीति, योजना र प्रशासनिक सुधारका विषयमा पनि छलफल हुने आशा गरिएको छ।
मन्त्रिपरिषद्को बैठकका निर्णयले प्रशासनिक कार्यक्षमता सुधार र विकासका लागि महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया