Pura Samachar

प्रहरीले सर्लाहीको मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ

प्रकाशित: फाल्गुन २१, २०८१

प्रहरीले सर्लाहीको मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीको मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा गोडैता नगरपालिका–५, रामवनका ३८ वर्षीय मनोजकुमार गुप्ता र उनका भाइ ३५ वर्षका भगवान गुप्ता रहेका छन्।

सर्लाही प्रहरीका अनुसार बीआर ३० एन २२३० नम्वरको मोटरसाइकलमा भारत तर्फबाट आउँदै गरेका गुप्ता दाजुभाइलाई मलङ्गवा नगरपालिका–८, स्थित गोरखकाली प्रहरी चौकी अगाडिबाट पक्राउ गरिएको हो।

गुप्ता दाजुभाइको साथबाट विभिन्न बैङ्कका १७ वटा एटिएम कार्डसमेत फेला परेको छ। बरामद भएको रकम हुण्डी कारोवारमा प्रयोग भएको हुनसक्ने प्रहरीको आशङ्का छ।

प्रतिक्रिया