Pura Samachar

आज सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: फाल्गुन २२, २०८१

आज सुनचाँदीको मूल्य बढयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया