Pura Samachar

प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेलहरू हुँदै

प्रकाशित: फाल्गुन २६, २०८१

प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेलहरू हुँदै

काठमाडौं । आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (सोमबार) पनि तीन खेलहरू हुँदैछन्।

सिदार्थ रंगशालामा हुने खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा देउखुरीमा गण्डकी र सुदूरपश्चिम प्रदेश खेल्ने छन्। सबै खेलहरू विहान ९ बजेदेखि सुरु हुनेछन्।

यसअघि आइतबार पहिलो दिनको खेलमा लुम्बिनी प्रदेशले कोशीलाई, कर्णालीले सुदूरपश्चिमलाई तथा एपीएफ क्लबले बागमती प्रदेशलाई हराएका थिए।

प्रतिक्रिया