काठमाडौँ । न्यूजिल्यान्डलाई हराउँदै भारतले आइसिसी च्याम्पियन ट्रफी २०२५ को उपाधि जितेको छ।
भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गरेकाे हाे। योसँगै भारतले सर्वाधिक तीनपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य पछ्याएको भरातले ४९ ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएर लक्ष्य पूरा गर्यो।
भारतकाे जितमा कप्तान राेहित शर्माले ७६ रनकाे अर्धशतकीय पारी खेले उनले ८३ बलमा ८ चाैका र ३ तीन छक्का प्रहार गरे। भरतले पहिलो विकेटको रुपमा ३१ रन बनाएका शुभमन गिल गुमाएको थियो। श्रेयस अयर ६२ बलमा ४८ रन बनाउँदा, केएल राहुल ३१ रनमा अविजित रहे। अक्सर पटेल २९ र हार्दिक पाण्डेयाले १८ रन बनाए।
यता न्यूजिल्यान्डका लागि बलिङमा मिचेल स्यान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन जोडेकाे थियाे।
न्यूजिल्यान्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले अर्धशतक पूरा गरे। मिचेलले सर्वाधिक ६३ रन जोडे। उनले १०१ बलको सामनामा ३ चौका प्रहार गरे।
ब्रेसवेलले ४० बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ५३ रन जोडे। रचिन रविन्द्रले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाए। ग्लेन फिलिप्स ५२ बलमा ३४ र विल योगं १५ रनमा आउट भए।
भारतका लागि बरुण चक्रवर्ती र कुलदिप यादवले समान २ , रविन्द्र जडेजा र मोहम्मद सामीले समान १ विकेट लिए।
प्रतिक्रिया