Pura Samachar

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाए

प्रकाशित: फाल्गुन २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।

बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ। साथै, केही प्रशासनिक तथा राजनीतिक विषयमा समेत थप छलफल र निर्णय हुने सम्भावना रहेको प्रशासन विशेष स्रोतले जनाएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयहरूबारे पनि समीक्षा हुने जनाइएको छ ।

प्रतिक्रिया