काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्।
आज विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुँदै छ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ। पुलिस र एपीएफ दुवैले आफ्ना शुरुका दुवै खेल जितेर ४/४ अंक जोडेका छन्।
त्यस्तै, अर्को खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदै छ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ।
बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ।
प्रतिक्रिया