Pura Samachar

एक व्यक्ति रसुवागढी नाकामा बिहीबार पक्राउ

प्रकाशित: चैत्र ८, २०८१

एक व्यक्ति रसुवागढी नाकामा बिहीबार पक्राउ

रसुवा । अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा बिहीबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेका छन् ।

बरामद गरिएको सुनको मूल्य १६ लाख १३ हजार ८६५ भएको बताइएको छ ।

पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ ।

प्रतिक्रिया