Pura Samachar

रास्वपा सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा आज पुनरावेदनमा जाने

प्रकाशित: चैत्र ८, २०८१

रास्वपा सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा आज पुनरावेदनमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा आज पुनरावेदनमा जाने भएका छन् ।

उनी आज बिहान ११ बजे पाटन उच्च आदालतमा गएर पुनरावेदन दिने स्रोतले बतायो ।स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो कार्यमा संलग्न भएको आरोपमा मुछिएका लामिछानेलाई अदालतले ६० लाख धरौटीमा रिहा गर्न गत माघ २ गते आदेश दिएको थियो ।

प्रतिक्रिया