एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ आज सुरु हुँदैछ।
पहिलो खेल साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) बीच हुनेछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
यो सिजन केकेआरको कप्तानी अजिंक्य रहाणे ले गर्नेछन् । आरसिबीले पहिलो पटक कप्तानको जिम्मेवारी रजत पाटिदार लाई दिइएको छ। झन्डै दुई महिना चल्ने आइपिएलको फाइनल मे २५ मा इडेन गार्डेन्स हुनेछ।
सिजनको पहिलो डबल हेडर ( एकै दिन दुई खेल ) आइतवार हुनेछ। पहिलो खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच हुनेछ।
साँझको खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच चेपक रंगशालामा प्रतिस्पर्धा हुनेछ। १० टोलीलो सहभागिता ७४ खेल हुने आइपिएल होम एन्ड अवेका आधारमा हुनेछ।
प्रतिक्रिया