Pura Samachar

आज सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: चैत्र १५, २०८१

आज सुनचाँदीको मूल्य बढयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी जनाएको छ ।

बिहीबार सुन तोलामा १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया