काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
सुवेदीले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबारको घटना सरकार पक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ भएको दाबी गरेका हुन् ।
उनले १५ गतेको आन्दोलनपछि पक्राउ परेका समितिका कमान्डर दुर्गा प्रसाईं, सदस्य(सचिव रवीन्द्र मिश्र, सदस्य धवलशमशेर राणाहरूको रिहाइको मागसमेत गरेका छन्।
उनले १५ गते तीनकुनेको आफूहरूको आन्दोलनमा घुसपैठ भएको आरोपसमेत लगाएका छन्।
प्रतिक्रिया