Pura Samachar

आरसीबीले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायाे, आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच खेल हुदै

प्रकाशित: चैत्र १६, २०८१

आरसीबीले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायाे, आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच खेल हुदै

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्सलाई ५० रनले हराएको छ ।

हिजो भएको खेलमा चेन्नई घरेलु मैदानमा पराजित भयो । जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । महेन्द्रसिंह धोनी ३० रनमा अविजित रहे । आरसीबीका जोस हेजलवुडले ३ तथा यश दयाल र लियम लिभिङ्स्टोनले समान २ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका कप्तान रजत पाटिदारले सर्वाधिक ५१ रन बनाए । फिल साल्टले ३२ र विराट कोहलीले ३१ रन जोडे । चेन्नईका नुर अहमदले ३ तथा मथिशा पथिरानाले २ विकेट लिए ।

जीतसँगै आरसीबीको दुई खेलमा ४ अङ्क भएको छ । पहिलो खेलमा उसले कोलकाता नाइट राइडर्सलाई हराएको थियो । आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया