Pura Samachar

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार

प्रकाशित: चैत्र १७, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार

काठमााडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेको छ । आइतबार (चैत १७) बिहान जरिवानापत्र लिएर काठमाडौं महागरपालिकाको नगरप्रहरी टोली निर्मलनिवास पुगेको थियो ।

निर्मलनिवासले टोलीलाई गेटबाहिरबाटै फर्काएको नगरप्रहरी निरीक्षक लीलाराज गाछामगरले बताए । “नगरप्रहरी टोलीलाई निर्मलनिवासको गेटबाटै फर्काइयो । जरिवानापत्र पनि बुझेन भन्ने आयो,” उनले  भने ।

महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

प्रतिक्रिया