Pura Samachar

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने

प्रकाशित: चैत्र १७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको सचेतकहरुको बैठकका क्रममा नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज साँझ सर्वदलीय बैठक बोलाउने जानकारी गराएका थिए  ।

विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि बर्तौलाले आजै साँझ प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने बताएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकमा बर्तौलाले प्रधानमन्त्री ओली र प्रमुख विपक्षीदलका नेता पुष्पकमल दाहालसँग फोन संवाद गरिसकेको बताएका थिए  ।
तर संसदको चौथो ठुलो दल रास्वपालाई भने सर्वदलीय बैठकका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको कार्यवहाक सभापती डालप्रसाद(डिपी) अर्यालले जानकारी दिए ।
संसद भवनमा भएको छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए ।

कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया