Pura Samachar

काठमाडौं विश्वकै प्रदूषित सूचीको पहिलो नम्बरमा

प्रकाशित: चैत्र १९, २०८१

काठमाडौं विश्वकै प्रदूषित सूचीको पहिलो नम्बरमा

काठमाडौं : पछिल्लो तीन दिनदेखि लगातार काठमाडौं विश्वकै प्रदूषित सूचीको पहिलो नम्बरमा परेको छ।

 

 

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था ‘आईक्यू एअर’का अनुसार मंगलबार काठमाडौंको वायु गुणस्तर २४८ एक्युआइ मापन भएको छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई भने अस्वस्थकर मानिन्छ।

एक्यूआई १५० देखि २०० हुँदा श्वास प्रश्वाससम्बन्धी समस्या भएका र पाका उमेरका मानिसलाई असर गर्ने विज्ञ बताउँछन्। २०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ। अत्यधिक वायु प्रदूषणको प्रभावले मंगलबार पनि काठमाडौंको मौसम खुलेको छैन।

तीव्र गतिको हावा र वर्षाको सम्भावना नरहँदा तत्काल प्रदूषण घट्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागकोे मौसम पुर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।

प्रतिक्रिया