काठमाडौं : कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।
जारी आइपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ८० रनले पराजित गरेको हो। कोलकोताले दिएको २०१ रनको लक्ष्य पछाएको सनराइजर्सले १६ दशमलव ४ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो।
सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्बाधिक ३३ रन बनाए भने कमिन्दु मेन्डिसले २७ र नितिश कुमार रेड्डीले १९ रन बनाएका थिए।
त्यसैगरी कोलकोताका बलर वैभव अरोरा, वरुण चक्रवर्तीले ३–३ विकेट लिए भने आन्द्रे रासेलले २ तथा हर्षित राना र सुनिल नारनले एक एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो। कोलकताका लागि वेंकटेश अर्यरले सर्वाधिक ६० रन बनाए भने अंगकृष रघुबंशीले ५० रन बनाए। त्यस्तै कप्तान अजिक्य रहाणेले ३९ र रिंकु सिंहले अविजित ३२ रन बनाए।
त्यसैगरी सनराइजर्सका मोहमद शामी, पाट कमिन्स, जीशान अन्सारी, हर्षल पटेल र कमिन्दु मेन्डिसले एक–एक विकेट लिएका थिए।
यो कोलकोताको यस सिजनमा दोस्रो जित हो। ४ खेलमा २ जित र २ हार बेहोरेको कोलकोता ४ अंकसहित पाँचौं स्थानमा छ।
त्यस्तै सनराइजर्सको भने यो यस सिजनमा तेस्रो हार हो। ४ खेलमा एक मात्र जित हासिल गरेको सनराइजर्स पुछारमा रहेको छ।
त्यस्तै आज आइपिएलमा लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ।
प्रतिक्रिया